काठमाडौं, २५ मंसिर । नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औ केन्द्रीय कार्यकारिणी र देश संघीयतामा प्रवेश गरेसंगसंगै सात वटै प्रदेशहरुकोप्रथम कार्यकारिणी समितिको निर्वाचन आगामी मंसिर २८ गते हुंदैछ ।
यतिखेर इन्जिनियरिङ्ग क्षेत्रमा ब्यापक सुधार , समृद्घ नेपाल बनाउने अठोटका साथ दुईवटा मुख्य दुई राजनीतिक दलसंग सम्बद्घ प्रजातान्त्रिक र प्रगतिशील समूहका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।
इन्जिनियरिङ्ग क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउंदै पेशागत क्षमता अभिवृद्घि, रोजगार प्रवद्र्घन, गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा, आम इन्जिनियरहरुको हक, हीतको संरक्षण, नीतिगत सुधार, सहकार्य एवं समन्वय र सम्मान तथा उत्प्रेरणा दिने प्रतिवद्घता सहित प्रगतिशील समूह चुनावी मैदानमा उत्रिएको हो ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. त्रिरत्न बज्राचार्यको नेतृत्वमा ऐतिहासिक महत्व बोकेको यस निर्वाचनमा केन्द्रमा १८ जना र प्रदेशमा १६ जनाका दरले ९जसमा एकजना केन्द्रीय समितिका लागि सदस्य समेत समावेश गरि रहने प्राब्धान रहेको छ ।
यसै गरि प्रदेश ३ का नन्दलाल बन्जाडेको नेतृत्वमा प्रदेश सचिवमा नेशनल कलेजल अफ इन्जिनियरिङ्गमा विभागिय प्रमुखमा कार्यरत तथा कार्यवहाक प्रिन्सपल तथा विभिन्न टेलिभिजनहरुमा व्रोकाष्ट इन्जीनियर भई कार्य गनुभएका प्रदिप अधिकारीले सचिव पदमा आफ्नो उम्मेदवारी दिएका छन् । उनले आफ्नो प्यानलको एण्जेडा सहि र समय सान्दर्भिक रहेको हुदा सम्पुर्ण इन्जीनियरहरुले आफ्नो प्यानलमा भोट गर्ने बताए ।