नेकपा स्थायी कमिटी बैठक : २८ जनाले बोले, नेताहरुको बोल्ने क्रम जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ४, बुधबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल जारी रहेकाले बैठक सकिन अझै केही दिन लाग्ने देखिएको छ ।

आजको बैठकमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे ।

गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा आजसम्म कुल २८ जनाले आफ्नो विचार राखेका छन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड”ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गरेका छन । बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस