त्रिवि उपकुलपतिको कार्यालय घेर्ने स‌ंयुक्त विद्यार्थीकाे घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन ५, आईतबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन ५, काठमाडौं । स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै सत्तारुढ विद्यार्थीले त्रिवि उपकुलपतिको कार्यालय घेर्ने घोषणा गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनयिनको चुनावको मिति घोषणा गरी र्विाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र अखिल (क्रान्तिकारी) ले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

अनेरा स्ववियु अध्यक्ष नविना लामा र अनेरा स्ववियु (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति प्रकाशित गर्दै भोली उपकुलपतिको कार्यालय घेर्ने बताएका छन् ।

यस्तै, मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

त्रिविले यही फागुन १४ गते स्ववियु निर्वाचनको घोषणा गरेको थियो तर कार्यतालिका भने सार्वजनिक गरेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस