योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति गभर्नरमा नियुक्ति गर्ने पक्षमा छु: प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ १, बिहिबार (८ घण्टा अघि)
  • ५६ पटक पढिएको
योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति गभर्नरमा नियुक्ति गर्ने पक्षमा छु: प्रधानमन्त्री ओली

जेठ १,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका हुन् ।

काम गर्न सक्ने मान्छे भए देशलाई राम्रो हुने भन्दै उनले व्यक्तिगत रूपमा आफ्नो मान्छेलाई गभर्नर बनाउने कुनै इच्छा नभएको जिकिर गरे ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगमा पनि क्षमता भएका व्यक्ति नियुक्ति गरिएको प्रधानमन्त्रीको भनाइ थियो । एक आयोगका अध्यक्षलाई आफूले मुख्यमन्त्री हुँदा चिनेको अन्य पदाधिकारीसँग व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो ।

उनले पूर्वयोजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदान–प्रदान हुने विश्वास व्यक्त गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनामा ध्यान दिन सुझाव दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस