जेठ १,काठमाडौँ। शेयरबजार नेप्से परिसुचक ७ दशमलव ३७ अंकले घटेको छ । निरन्तर ओरालो लाग्ने क्रममा रहेको नेप्से आज पनि एकल अंकले घटेको हो ।
नेप्से २हजार ६ सय १२ अंकमा आइपुगेको छ । आज ७ अर्ब ८३ करोड ३ लाख ४८ हजार २ सय ४० रुपैया बराबरको शेयर कारोबार भएको छ ।
आज सबै भन्दा बढी ओम मेगाश्री फर्मासिटिक्लस् लिमिटेडको शेयर १० प्रतिशतले बढ्यो भने सबैभन्दा कम कर्पोरेट विकास बैँकको ८ दशमलव ६५ अंकले शेयर गिरावट भयो ।