सुदुरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन : एकताबाटमात्र देशको समृद्धि सम्भव हुने विश्वास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन ८, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन ८,धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले  सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन लाई सम्बोधन गरेका छन । ओलीले सरकारको अहिलेको प्राथमिकता विकास, निर्माण र सुशासन भएकाले यसलाई कार्यान्वयन गर्न सबै एक भएर अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले एकताबाटमात्र देशको समृद्धि सम्भव हुने बताएका छन् ।जनताका काम सबैको साझा काम भएकाले सरकारले जनताले प्रत्याभूति गर्ने गरी काम गर्ने र त्यसका लागि सबै एक जुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले संविधानसभामार्फत नयाँ मूल्य र मान्यतासहितको संविधान ल्याएको बताए । नयाँ संविधानमार्फत तीन तहको निर्वाचन सम्पन्न हुनुका साथै अहिले ७ सात सय ५३ स्थानीयसहित प्रदेश र केन्द्रीय सरकारले काम गरिरहेको उनले बताए ।

लामो समयसम्मको अस्थिर राजनीतिबाट मुलुक स्थिरतातर्फ अघि बढेको भन्दै प्रधानमन्त्रीले देशको मुहार फेर्न ज्यान कै बलिदानी दिने शहीदहरुप्रति सदा सम्मान रहने बताए । विगत २००७ सालदेखि कै इतिहास हेर्दा नेपालमा कुनै पनि सरकारले ५ वर्ष सत्ता सञ्चालन गर्न नसकेको भन्दै आफू नेतृत्वको वर्तमान सरकारले आम नेपालीको चाहाना, भावना र आकांक्षालाई सम्बोधन गर्दै काम गर्ने बताए ।

उनले आफूले सरकारको नेतृत्व गरेको फागुन ३ गते एक वर्ष पुगेको वताउँदै यो वर्ष सरकारले विकास र समृद्धिका लागि आधार वर्ष बनाएको र अर्को वर्षदेखि सरकारले गरेका काम जनतासमक्ष स्पष्ट देखिने बताए।

उनले कृषि, पर्यटनलगायतका क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले ओलीले अब विस्तारै सबैकामलाई प्रविधिमैत्री बनाएर लैजाने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस