विप्लव बन्द प्रभाव काठमाडौँमा सामान्य, मकवानपुरमा २ गाडी जले

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १५, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौँ । उपत्यका र आसपासका ठाउँमा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । लामो दूरीका गाडी भने हिजोको तुलनामा कम मात्रै चलेका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने गाडी केही कम चले पनि सडकमा कतै अवरोध नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसुवा, नुवाकोट र गोरखा चल्ने गाडीका काउन्टरबाहेक अरु सबै काउन्टरबाट लामो दूरीका लागि यात्रुले टिकट काटिरहेका छन् । नेतृविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हल्ला चलेकाले सुरक्षा व्यवस्था कडा पारिएको र निर्वाध रुपमा गाडी चलाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् ।

यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए । आगजनीपछि कार पूर्ण रुपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गरिएको विप्लव नेतृत्वको नेकपाका मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस