कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट तिलप्रसाद श्रेष्ठको इजलासमा

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० अषाढ २६, मंगलबार (१० महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २६, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको रिट आज सुनुवाईका लागि पेसी तोकिएको छ ।

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।

आइतबार उक्त रिट न्यायाधीश डा।आनन्दमोहन भट्टराई र सोमबार सुष्मालता माथेमाको एकल इजलासमा परेर पनि सुनुवाई हुन सकेको थिएन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस