प्रधानमन्त्री दाहाल र कांग्रेस नेता शेखर कोइरालाबीच भेट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २२, शनिबार (१० महिना अघि)
  • १३३ पटक पढिएको
प्रधानमन्त्री दाहाल र कांग्रेस नेता शेखर कोइरालाबीच भेट

असार २२,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ। बदलिँदो राजनीतिक परिस्थिति र बहुमत गुमेको पृष्ठभूमिमा राजीनामा नगरी सदनमा विश्वासको मत खोज्ने विकल्प रोजेका प्रचण्ड र नेपाली कांग्रेसका प्रभावशाली नेता कोइरालाबीच शनिबार बिहान भएको भेटलाई राजनीतिमा महत्त्वका साथ हेरिएको छ।

कोइरालाले भेटघाटको पुष्टि गरे तर यसलाई एउटा स्वाभाविक भेटघाटका रूपमा मात्रै लिन आग्रह गरे। सिधै राजीनामा नगरी सदनमा विश्वाशको मत लिने प्रचण्डको कदमलाई उनी आफ्नो पराजयपछि संविधानको धार ७६ (३) अन्तर्गत अर्थात् सवैभन्दा ठूलो दलको नेताको रूपमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनोस् भन्ने चाहना उनको रहेको प्रचण्ड निकट स्रोत बताउँछ।

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते सदनमा विश्वाशको मत लिने तयारी गर्दैगर्दा कांग्रेसका प्रभावशाली नेतासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ। सत्ता साझेदार दल नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिएर एमालेको तर्फबाट बनेका ८ जना मन्त्रीहरूले राजीनामा दिएपछि प्रचण्डले विश्वासको मत लिनुपर्ने स्थिति बनेको हो।

यस्तै, अशोक राई नेतृत्वको जसपाका तीनजना मन्त्रीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्री पदबाट राजीनामा दिएका छन्। स्वाथ्यमन्त्री प्रदीप यादव, वन तथा वातारवरणमन्त्री नवलकिशोर शाह सुडी र स्वाथ्य राज्यमन्त्री हसिना खानले मन्त्री पदबाट राजीनामा दिएका हुन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेसहित चार जना मन्त्रीले राजीनामा बुझाउन खोज्दा प्रचण्डले राजीनामा नबुझेर यहि सरकारलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रचण्डले आफूले विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा ठूलो दलको हैसियतले देउवालाई प्रधानमन्त्री बनाउन कसरत स्वरूप अन्य नेताहरूसँग पनि छलफलको तयारी गरेको बुझिएको छ।

कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको शुक्रबार प्रतिक्रिया दिएका थिए। उनले प्रधानमन्त्री दाहालले राजीनामा दिइनसकेको अवस्थामा विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरेका थिए। उनको यस्तो अभिव्यक्ति आएको भोलिपल्ट नै प्रचण्डले कोइरालासँग छलफल गरेका हुन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस