संसदीय समिति

दुई संसदीय समितिको बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २४, सोमबार (१० महिना अघि)
  • ७२ पटक पढिएको
दुई संसदीय समितिको बैठक आज बस्दै

असार २४, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सोमबार बस्दैछ ।

अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीतिको विषयमा गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक दिउँसो २ बजे बस्नेछ ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय महत्त्वका अभिलेखको व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची छ ।

#संसदीय समिति

ताजा अपडेट

खोजी गर्नुहोस