काठमाडौँका तीन रुटमा आजदेखि प्रहरीको निःशुल्क बस सेवा

  • अनलाइन केन्द्र
  • / उद्योग  /
  • २०७५ आश्विन ३१, बुधबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

असोज ३१, काठमाडौं । महान चाड दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यकामा मानिसको चहलपहल कम हुँदै गएको छ र गाडीहरु पनि कम चल्न थालेका छन् ।

दसैँका बेला गाडीको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशुल्क बस सेवा संचालन गरेको छ। प्रहरीले अष्टमी, नवमी र दशमी अर्थात दसैँको टीकाको दिन निःशुल्क बस चलाउने ल्याउने छ ।

प्रहरीले बस संचालनका लागि काठमाडौँ उपत्यकाभित्रका ३ वटा रुट तोकेको छ । प्रहरीले कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म गाडी चलाउने छ ।

यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा परिक्रमा गर्नेछ। यसैगरी दोस्रो रुटमा कोटेश्वरबाट शहीदगेट हुँदै महाराजगञ्ज नारायणगोपाल चोक, गौशाला, मैतीदेवी परिक्रमा गर्नेछ।

तेस्रो रुट नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे ,नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ। चक्रपथको बाहिरी र भित्री दुवै स्थानका सर्वसाधारणको लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस