पौष ५, काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या आरोप स्वीकारेका भनिएका भीमदत्त नगरपालिका–१८ का प्रदीप रावलको डिएनए रिपोर्ट नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ।
प्रदीपसँगै पक्राउ परेका विशाल चौधरीको डिएनए रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।
निर्मलाको हत्या गरेको आरोप स्वीकार गरेका प्रदीप र विशालको डिएनए रिपोर्ट मेल नखाए पनि प्रहरीले हत्याको आधार देखिने अन्य प्रमाणको खाजी गरिरहेको प्रहरीका एक उच्च अधिकारीले बताएका छन्।
‘प्रदीपले आरोप स्वीकारेर दिएको बयान धेरै मिल्दो देखिन्छ,’ उनले भने, ‘जस्टिफाई गर्ने केही प्रमाण भेटिन्छ कि भनेर खोज्ने काम भइरहेको छ।’
डिएनए रिपोर्ट नमिले पनि अरु प्रमाण पाए प्रदीपलाई नै दोषी ठहर गर्ने प्रहरीले तयारी गरेको छ।
प्रदीपले निर्मलालाई उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीको दाबी छ।