निर्मला बलात्कार–हत्या प्रकरणः दोषी जोसुकै भएपनि छाडिँदैन : महानिरीक्षक खनाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ९, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १०, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या प्रकरण छानबिनकैक्रममा रहेको भन्दै दोषी जोसुकै भएपनि नछाडिने बताएका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले निर्मला हत्याको अनुसन्धान गर्न विशेषज्ञ टोली नै खटिएको भन्दै दोषी जो–कोही भएपनि कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरे ।

सुरुआती छानबिनमा प्रहरीको कमजोरी देखिएपछि अनुसन्धानका लागि अर्को समिति गठन गरिएको जानकारी दिँदै उनले उनीहरुलाई फौजदारी कानुनअनुसार सजाय हुने बताए ।

प्रहरी महानिरीक्षकका लागि गाडी खरिद गर्ने विषयलाई अतिरन्जित गरिएको भन्दै खनालले ‘संगठनमा रहेका गाडीहरु पुराना भएकाले नयाँ खरिद प्रकिया अघि बढेको हो’–भने ।

सोक्रममा शान्ति–सुव्यवस्था कायम गर्न तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा प्राप्त सफलताको विवरण पनि प्रस्तुत् गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस