करेन्ट लागेर थलिएका थाक्रेका सुबेदीको उपचारमा आर्थिक अभाव !

Post Thumbnail

चैत्र २७,धादिङ । धादिङको थाक्रे गाउँपालिका बस्ने दिपक सुबेदीको उपचार गर्न आर्थिक अभाव भएको छ । केही बर्ष अघि करेन्ट लागि टाउकोमा गम्भिर चोट लागेको थियो । आर्थिक अवस्था कमजोर भएका उनलाई अप्रेसन गर्न अहिले आर्थिक अभाव भएको छ ।

अहिले टाउकोको अप्रेसन गर्न करिब पाँच लाख रुपैँया लाग्ने उनको भनाई छ । अहिले सम्म उपचार गर्न उनको ६० लाख रुपैँया खर्च भईसकेको छ । त्यसमा २० लाख त ऋणनै लागेको उनको परिवारले जनाएको छ ।

उनको खुट्टा काटिएको छ । अस्पतालकै लापरवाहिका कारण खुट्टा काट्नुपरेको सुबेदीको आरोप छ । अहिले सुबेदीको ससुराली घरबाट उनहरुलाई खान लाउनको लागि सहयोग भैरहेको छ । उनको परिवारमा श्रीमती र छोरी सहित ३ जना छन ।

उनलाई सहयोग गर्न उनको मोबाईल नम्बर ९८४१४१२७७७ मा सिधै सम्पर्क गर्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस