सरकारले कर्णालीमाथि अपमान गरेको प्रचण्डको आरोप

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८२ बैशाख २९, सोमबार (३ घण्टा अघि)
  • ५० पटक पढिएको
सरकारले कर्णालीमाथि अपमान गरेको प्रचण्डको आरोप

वैशाख २९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमाथिको अपमान सहन नसकिने चेतावनी दिएका छन् ।

सुर्खेतमा आजबाट वाइसीएल कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनमा अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि फेरि विभेद, अपमान र अन्याय गर्न खोजेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार भ्रष्टाचार र दलाली प्रवृत्तिलाई संरक्षण गर्ने र इमानदार प्रयासलाई दण्डित गर्ने दिशामा गएको टिप्पणी गरे ।

उनले माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको उल्लेख गर्दै दलित, महिला, मधेसी, थारू, मुस्लिम र आदिवासी जनजातिलाई समेट्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले पछिल्लो समयमा सरकारले गरेका जनविरोधी गतिविधिबाट जनतामा देखिएको असन्तुष्टिलाई राजावादी र प्रतिगामी शक्तिहरूले दुरुपयोग गर्न खोजेको आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस