कर छल्ने ध्रुव कन्स्ट्रक्सनका सञ्चालकमाथि राजस्वले चलायो मुद्दा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २९, सोमबार (१ महिना अघि)
  • १०९ पटक पढिएको
कर छल्ने ध्रुव कन्स्ट्रक्सनका सञ्चालकमाथि राजस्वले चलायो मुद्दा

वैशाख २९, काठमाडौं । ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै बिभागले एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको हो ।

देवमाथि एक अर्ब २१ करोड राजस्व उठाउनुपर्ने माग दाबीसहित मुद्दा अघि बढाइएको उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरमा कार्यालय रहेको उक्त कन्स्ट्रक्सनले ठेकापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री गर्दै आएको छ । उक्त कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बंैकमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको देखिएको विभागको आरोप छ ।

मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टी नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरेको विभागको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस