हावाहुरिका कारण दोलखा जिल्लाभर विद्युत अवरुद्ध

Post Thumbnail

बैशाख ४,काठमाडौँ । मंगलबार साँझको हावाहुरिका कारण दोलखा जिल्लाभर विद्युत अवरुद्ध भएको छ ।

मंगलबार साँझको हावाहुरीले विभिन्न स्थानमा विद्युतका पोल ढालेका कारण विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर उमेश श्रेष्ठले जानकारी दिए ।

लामोसाँघु–चरिकोट, चरिकोट–जिरी, चरिकोट–सिप्रिङ जोड्ने ३३ केभी मुख्य प्रसारण लाइनमा हावाहुरीले क्षति पुर्‍याएपछि गए राति ८ बजेबाट अवरुद्ध भएको विद्युत हालसम्म सुरु हुन सकेको छैन ।

हावाले रुख ढालेपछि विद्युत पोलमा क्षति पुगेको हो । सदरमुकाम चरिकोट आसपासको क्षेत्रमा साँझसम्म विद्युत सञ्चालन हुन सक्ने अनुमान गरिए पनि जिल्लाभरको हकमा भन्न सक्ने अवस्था नरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस