गोरखा–लमजुङमा भूकम्पको धक्का

Post Thumbnail

असोज १०, काठमाडौं । गोरखा र लमजुङ आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्पको धक्का मापन भएको हो ।

उक्त धक्का ४.७ म्याग्निच्यूडको थियो ।

सोको केन्द्रविन्दु गोरखाको खरिबोटको उत्तरतिर रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का गोरखा र लमजुङसँगै नवलपरासी, रुपन्देही, पाल्पालगायतका जिल्लामासमेत महसुस गरिएको स्थानीयले बताएका छन् ।

त्यसले कुनै क्षति पुर्‍याएको सूचना आएको छैन । स्थानीयलाई भने केही क्षण अत्याएको थियो ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।

बिहीबारको भूकम्प नयाँ नभइ सोही शक्तिशाली भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस