नागढुंगा–कलंकी सडकमा सीसीटीभी जडान गरिने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । उपत्यका भित्रिने प्रमुख नाका नागढुंगा–कलंकी सडकमा सीसीटीभी जडान गरिने भएको छ । समुदाय–प्रहरी पालिका समितिले शुक्रवार आयोजना गरेको ‘ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम’मा उक्त कुरा बताइएको हो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुंगा–कलंकी सडकखण्डमा चाँडो सीसीटीभी र सडकबत्ती जडान गरिने बताए । ‘चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि सीसीटीभी र सडक बत्ती जडान गर्न लागेका हौं,’ उनले भने । नगरपालिकाले सीसीटीभी र सडक बत्ती जडानका लागि १ करोड रुपैयाँ रकम विनियोजन गरेको उनको भनाइ थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने बताए । राजधानी भित्रिने प्रमुख नाकामा सडक दुर्घटना न्यूनीकरण गरे राजधानीमा आफैं दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो ।

नेपाल ट्रक तथा टिप्पर व्यवसायी संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सरकारले मालवाहक सवारीसाधन पार्किङका लागि आवश्यक स्थान उपलब्ध गराउन नसकेको गुनासो गरे । कार्यक्रममा ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्रीको प्रदर्शन गरिनाका साथै सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस