बजाजको नयाँवर्ष अफर ! खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ३०, मंगलबार (६ घण्टा अघि)
  • ४३ पटक पढिएको
बजाजको नयाँवर्ष अफर ! खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा

बैशाख ३०,काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा। लि। ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए । सहभागीहरु मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रा। लि।, विराटनगरका मोसीम आलमले नगद एक लाख पुरस्कार जित्न सफल भएका हुन् ।

यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु। १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु समेत जित्ने अवसर पाएका थिए । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरुले घरमै बसी–बसी विभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन् ।

ग्राहकले सो उपहार प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए । सबै सहभागीका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रिया मार्फत विजेताको छनौट गरिएको छ । विजेता आलमले १५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए ।

‘खुसीको मिटर’ क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास रहेको कम्पनीमा मार्केटिङ हेड अमितराज चालिसेले बताए । नगद एक लाख विजेता मोसीम आलमले आफ्नो जितको बारेमा थाहा पाएपछि आफ्नो खुशी व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस