वाङ्मय शताब्दी पुरुष

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ३०, मंगलबार (७ घण्टा अघि)
  • ३६ पटक पढिएको
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

बैशाख ३०,काठमाडौँ । वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।

आज बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १०६औं जन्मजयन्तीको अवसरमा महानगरका मेयर चिरिबाबु महर्जनले अनावरण गरे ।

२०७९ असोज ३० गते शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा निधन भएको थियो । उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए । झनाख्य पार्कमा अब कुनै पनि शालिक नबनाउने उनले बताए । उनले जोशी देशकै गहना भएको पनि बताए ।

मेयर महर्जनले स्व. जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्‍याएको उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस