सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ३०, मंगलबार (१ महिना अघि)
  • ३९ पटक पढिएको
सुनको भाउ घट्यो, चाँदीको बढ्यो

बैशाख ३०,काठमाडौँ । सुनको भाउ आज दुई हजार रुपैयाँले घटेको छ । सुनको भाउ दुई हजार रुपैयाँले घटेर तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस