काठमाडौँ महानगरपालिकाद्धारा एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन रोक

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ भाद्र १२, बुधबार (९ महिना अघि)
  • ६६ पटक पढिएको
काठमाडौँ महानगरपालिकाद्धारा एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन रोक

भाद्र १२,काठमाडौँ । काठमाण्डौ नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन रोक लगाइएको छ । महानगरपालिकाले हिजो गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले सङ्क्रमित फोहोर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहोरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहोर उठाउन रोक लगाइएको हो ।

दुवै स्वास्थ्य संस्थामा रङ्ग सङ्केतअनुसार जोखिमपूर्ण फोहोर राख्ने छुट्टै डस्बिन पनि नराखेको पाइएको वातावरण व्यवस्थापन विभागको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताए।

उनले यी स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउने कुनै पनि उपाय अवलम्बन गरेको नपाएपछि सम्भावित जोखिम घटाउन त्यहाँ फोहोर उठाउन रोक लगाइएको बताए ।

यसअघि कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको फोहोर उठाउन रोक लगाइएको थियो । २ दिनमा ४ वटा अस्पतालको अनुगमन गर्दा तीन वटामा फोहोर उठाउन रोक लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस