पौष ३, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ। पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।
उनी विरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा उनी धरौटीमा रिहा गरेको थियो । जिल्लाले धरौटीमा छोडे पनि प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ गरेको र म्याद थप गराएको दाबी गर्दै सर्वोच्चमा निवेदन दर्ता गरिएको हो ।