एनआरएनएको दशौं एकता महाधिवेशन मे ३-५ मा काठमाडौंमा हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष ३, बुधबार (४ महिना अघि)
  • ३५ पटक पढिएको
एनआरएनएको दशौं एकता महाधिवेशन मे ३-५ मा काठमाडौंमा हुने

पौष ३, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३-५, २०२५ ९२०७२ बैशाख २०-२२० मा काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय समितिको भर्चुअल माध्यमबाट सम्पन्न दोस्रो बैठकले महाधिवेशनको मिति र अन्य महत्वपूर्ण निर्णयहरू लिएको समितिका एक सदस्यले जानकारी दिए । बैठकले समितिको सचिवालयमा रबिना थापा, जानकी गुरुङ, कुमार पन्त र कुल आचार्यलाई थप गर्दै सचिवालयलाई चार सदस्यीय बनाउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि टर्म्स अफ रेफरेन्स निर्माण गर्न एक समिति गठन गरेको छ । उक्त समितिमा डा। उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवरसहित परराष्ट्र र कानून मन्त्रालयका प्रतिनिधि रहनेछन् । कार्यविधि निर्माण समितिले महाधिवेशन आयोजना तथा सञ्चालनसम्बन्धी आवश्यक सुझाव आगामी बैठकमा पेश गर्नेछ ।

साथै, संघको एकीकृत महाधिवेशन सम्पन्न गर्न सबै पक्षसँग आवश्यक छलफल तथा संवाद गर्न जीवा लामिछाने, रामप्रताप थापा, भीम उदास र कुमार पन्तलाई जिम्मेवारी दिइएको छ । बैठकले गैरआवासीय नेपाली संघको सदस्यता वितरण खुला गर्दै एकीकृत महाधिवेशन सम्पन्न गर्न आवश्यक समन्वयका लागि सबै राष्ट्रिय समन्वय परिषद एनसीसीलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस