दुर्गा प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट खारेज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष ३, बुधबार (४ महिना अघि)
  • ४७ पटक पढिएको
दुर्गा प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट खारेज

पौष ३, विराटनगर । विवादित मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि ऋण नतिर्ने अभियान सञ्चालन गरेका प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेकोमा मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले रिट खारेज गरिदिएको हो ।

कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले रिट दाएर गरेका थिए। रिट खारेज भएसँगै प्रसाईंले ऋण लिएका बैंकलाई ऋण असुलीको बाटो खुलेको छ । प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए। आफूले पनि ऋण नतिर्ने र ऋण लिएकाहरूलाई समेत उनले भड्काउँदै आएका थिए ।

ऋण असुलीको बाटो खुलेसँगै प्रसाईंले ऋण नतिरे धितो लिलामीबाट बैंकले ऋण असुल गर्न सक्नेछन्। पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस