ब्राजिल डरलाग्दो टिम, नेमार एक मुख्य पिलर !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ २९, मंगलबार (६ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

जेठ २९,काठमाडौँ । आक्रामक खेलाडी नेमार गएको सिजन विश्वमा सबैभन्दा महंगा खेलाडी बने । स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेमार विश्वको सबैभन्दा महंगो खेलाडी बनेका हुन् ।

उनी मेस्सी र रोनाल्डोकै स्तरको खेलाडी रहेको धेरैले बताउने गरेका पनि छन् । सुझबुझपूर्ण खेल, उत्कृष्ट फिनिसिङ र लोभलाग्दो खेलशैलीका कारण नेमार पूर्ण खेलाडी देखिन्छन् ।

नेमारसँग फिफा वर्ष खेलाडी बन्नका लागि चाहिने सबै गुण छ । त्यसअनुसारको मेहनत पनि गरीरहेका छन् ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा गम्भीर चोटका कारण नेमार मैदानबाहिर भए र ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग विश्वकप इतिहासकै खराब प्रदर्शन गर्‍यो । तर त्यसको दुई वर्षपछि नेमारले ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदक दिलाए ।

अहिले चोटका कारण तीन महिना मैदान बाहिर रहेर फर्किएका नेमार रुसमा विश्वकप उचाल्ने ध्यान र लक्ष्यका साथ बढेका छन् ।

यसपटक ब्राजिल पहिलेको जस्तै डरलाग्दो टिमको रुपमा देखिएको छ । त्यसमा ब्राजिलियन फुटबलको पुरानो समय फर्काउन नेमार एक मुख्य पिलर हुन् । नेमार मैदानमा मात्रै होइन मैदान बाहिर पनि आफ्नो टिमका लागि हौसलाका पात्र हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस