सार ३,काठमाडौँ । विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा अर्जेण्टिना अंक बाँड्न बाध्य भएको छ । विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि अर्जेण्टिना अंक बाँड्न बाध्य भएको हो ।
१९ औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि अर्जेण्टिनाले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । त्यसको ४ मिनेटपछि आइसल्याण्डले बराबरी गोल फर्काएको थियो ।
आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् । अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए ।
अर्जेण्टिनाले ७८ प्रतिशत बल नियन्त्रणमा राखेपनि गोल भने थप्न सकेन ।
मेस्सीलाई दवाव थियो ?
कप्तान लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेण्टिनाले खेल जित्ने सुन्दर मौका चुकाएको हो । उनलाई आईसल्याण्डका खेलाडीले दवाबमा राखेको देखिन्थ्यो ।
६३ औ मिनेटमा होर्डर म्याग्नसनले अर्जेण्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेण्टिनाले पाएको पेनाल्टी कप्तान मेस्सीले हानेका थिए । उनको फितलो प्रहार आइसल्याण्डका गोलकिपर ह्यानेस थर हल्डर्सनले सजिलै बचाएका थिए ।
त्यसपछि मेस्सी र अर्जेण्टिनाका अरु खेलाडीले गोल गर्ने धेरै प्रयास गरेपनि सफल हुन सकेनन् ।
खेलको अन्तिम मिनेटमा पाएको फ्रिकिकमा पनि मेस्सिले गोल गर्न सकेनन् ।