इन्डियन प्रिमियर लिग

तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि कोलकातालाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ १४, सोमबार (३ हप्ता अघि)
  • ५२ पटक पढिएको
तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि कोलकातालाई

जेठ १४, काठमाण्डौँ । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०।३ ओभरमा पछ्यायो । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो । सन् २०२१ को फाइनलमा पुगेपनि टोली उपाधिबाट वञ्चित बनेको थियो ।

कोलकाताका लागि वेंकटेश ऐयरले नटआउट रहँदै ५२ रन बनाए । उनले २६ बलमा ४ चौका र ३ छक्का हिर्काए । उनलाई ३२ बलमा ३९ रन बनाउँदै रहमानुल्लाह गुरबाजले राम्रो साथ दिए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस