विश्वकप फुटबल छनोट

नेपाल र यूएईबीचको विश्वकप फुटबल छनोट खेल साउदीमा हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ १६, बुधबार (११ महिना अघि)
  • ७८ पटक पढिएको
नेपाल र यूएईबीचको विश्वकप फुटबल छनोट खेल साउदीमा हुने

जेठ १६,काठमाण्डौँ । नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत कुरामा प्रश्न उठाएपछि खेल साउदी अरबमा सारिएको हो ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का अनुसार खेल स्थानीय समयअनुसार बेलुका ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।

# विश्वकप फुटबल छनोट

ताजा अपडेट

खोजी गर्नुहोस