एमसिएका प्रतिनिधिलाई नगरवासीको हितमा काम गर्न बेलकोटगढीका मेयर लामाको आग्रह

Post Thumbnail

जेठ २७,नुवाकोट । एमसिए नेपाल र सप्रोस नेपालले बेल्कोटगढी–७ मा एसिसि प्रभावितहरुको लागि जीवन उपयोगि हुने कार्य गर्ने भएको छ । उक्त कार्यको लागि एमसिए नेपाल र सप्रोस नेपाल का कर्मचारीहरूले आज नगर प्रमुख जगत बहादुर लामा, उपप्रमुख शिव दाहाल र प्रमुख प्रशासकिय अधिकृत दिपक खतिवडा र विभिन्न नगर पालिकाको प्रमुखहरूसग भेट गरेको थियो ।

भेटमा नगरप्रमुख लामाले एमसिसिको कारण बेल्कोटगढीले ठुला सम्पत्तिको रुपमा खेतीयोग्य जमिन गुमाएको साथै साना ठुला धेरै उद्योग धन्दा गुमाएको भन्दै राज्यलाई तिर्दै आयको कर समेत बताए । नगरपालिकाले राष्ट्रय गैरबको आयोजनाको रुपमा रहेको एमसिसिलाई सहयोग गर्ने र उक्त आयोजनाको कारण नगरपालिकालाई भएको ठुलो परिणाममा कृषियोग्य जमिन समेत गुमाउनु परेको बताए । उनले क्षतिले नगरबासीलाई समेत असर परेको कारणले अब समग्र नगरपालिका र नगरबासीलाई समेत फाइदा हुने गरि काम गर्न ध्यानाकर्षण समेत गराए ।

भेटमा मेयर लामाले ध्यानाकर्षणको साथै एमसिएका प्रतिनिधि मार्फत आफ्ना नगरपालिको मागसमेत एमसिसिले पूरा गर्नुपर्ने बताए । आफुहरु एमसिसिलाई सहयोग गर्ने र एमसिसिले समेत आफ्नो नगरको बिकासमा निम्नलिखित सहयोग गर्नुपर्ने माग राखे ।

१. एमसीसीको योजनाले वडा नम्बर ७ लगायत १३ वटै वडामा प्रविधिक शिक्षा ,स्वास्थ ,र यतायतमा सहजकर्ता को रुपमा काम गर्नुपर्ने
२. ले नियुक्ति दिने कर्मचारीको हकमा बेल्कोटगढीलाई पहिलो प्रथामिक्तामा राख्नुपर्ने
३.भुमिहिनहरुको रुपमा पुगेको बेल्कोटगढी ७ का जनताको निमित्त पुनर्वासको व्यवस्था गर्नुपर्ने
४. देश संघिय लोकतान्त्रिक गणतन्त्रकोको रुपमा रहेको र सोहि अनुसार राज्यको नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको अवश्यमा दलिल ,जनजाति,गरिब,सिमान्तकृत,अल्पसंख्यक भनेर आरक्षण छुट्याउदा सहिद तथा बेपता परिवारलाई पनि समेटनुपर्ने
५.एमसिसि परियोजनाको निर्माणाधीन भौतिक संरचना विकाश र अन्य कार्यहरुमा आउने बाधाअड्चन र समस्यामा भोलि स्थानिय सरकारले नै यसको सहजकर्ताको भुमिका निभाउनुपर्ने
उक्त आयोजनाले कम्तिमा पनि नगरभित्रको २ वटा पक्कि सडक निर्माण गर्नुपर्ने जस्ता महत्त्वपूर्ण माग नगर प्रमुखले लामाले राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस