अद्यावधिक मतदाता नामावली सार्वजजिक, १९ हजार मतदाता थपिए

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख ३१, बुधबार (४ घण्टा अघि)
  • ३७ पटक पढिएको
अद्यावधिक मतदाता नामावली सार्वजजिक, १९ हजार मतदाता थपिए

वैशाख ३१, काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै २०८१ चैत्र मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएकाहरुको अद्यावधिक मतदाता नामावली सार्वजजिक गरेको हो ।

आयोगका अनुसार नेपालमा कुल मतदाता एक करोड ८१ लाख ४८ हजार ६५४ जना कायम भएका छन् । जसमध्ये महिला मतदाता ८९ लाख १० हजार ८९६, पुरुष मतदाता ९२ लाख ३७ हजार ५७२ र अन्य मतदाता १८६ रहेका छन् ।

आयोगले सार्वजजिक गरेको नामावलीमा मतदाता सँख्या बढेको छ । महिला मतदाता ७,६९९ र पुरुष मतदाता १२,१२४ थप भई जम्मा १९,८२२ जना मतदाता थप भएका छन् । अन्य मतदातामा एक जना घटेका छन् ।

यसअघि कार्तिक २६ मा प्रकाशित मतदाता नामावलीमा महिला मतदाता ८९ लाख तीन हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८ र अन्य मतदाता १८७ गरी जम्मा एक करोड ८१ लाख २८ हजार ८३२ जना कायम भएका थिए ।

मतदाताहरुले आफ्नो मतदाता नामावली आयोगको वेवसाइटमा गई हेर्न सकिने छ । आयोगले मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने पनि जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस