सरकार र आन्दोलनरत चिकित्सकबीच आज बार्ता, माग सम्बोधन होला त ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सक संघ र स्वास्थ्य सहायक संघसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको मन्त्रालयले जनाएको छ ।

टोलीमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागार्इं र समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । मन्त्रालयका प्रवक्तासमेत रहेका श्रेष्ठले सोमबार ती दुवै संघसँग उनीहरुका मागका विषयमा वार्ता हुने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस