पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १९, मंगलबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख १९, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोराविरूद्व पनि पक्राउ पुर्जी जारी भएको छ ।

बुबा इन्द्रजितसँगै छोरा निरज राई पनि ठगीमा संलग्न रहेको पाइएपछि पक्राउ पुर्जी जारी भएको हो । प्रहरीले इन्द्रजितलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरेको थियो । उनका छोरा निरज भने विदेशमा रहेका बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस