तनहुँको एक घरमा ट्रक पल्टिदा तीन जनाको मृत्यु, पाँच जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २०, बुधबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

वैशाख २०, काठमानण्डौ । तनहुँमा एक माल वाहक ट्रक घरमा पल्टिएको छ । ट्रक अनियन्त्रित भएर घरमा पल्टिदा तीन जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

आज बुधबार बिहान बन्दिपुर गाउँपालिका ५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिङतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं।को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको घरमा पल्टिएको हो ।

ट्रक स्थानीय सुनमाया र सनबहादुर भुजेलको घरमा ठोक्किएको बताइएको छ । उक्त दुर्घटनामा उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं। १ का वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस