यी हुन् ओली सरकारले ११ महिनामा गरेका २९ राम्रा काम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ५, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाडौं । ३ फागुन ०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारले ११ महिना पूरा गरेको छ।

यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो। धेरै विषयमा आलोचित सरकारले दीर्घकालिन महत्वका केही राम्रा काम पनि गरेको छ।

यो सरकारले पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डे र पुष्प ढुंगानाले लेखेका छन्।

योगदानमा आधारित समाजिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानको ऋण मिनाहासम्मका केही काम ओली सरकारले गरेको छ।

त्यसैगरी श्रमिकको ज्याला ३९ प्रतिशत वृद्धि, आर्थिक सूचांक उत्साहजनक, शून्य लागतमा बैदेशिक रोजगारी, पानीजहाज कार्यालय स्थापना, रेल किन्ने तयारी, पहिलो चौमासिकमा १२ गौरवका आयोजनामा ८० प्रतिशत प्रगति, जेष्ठ नागरिक बिमा एक लाख, १० प्रतिशत रकम खातामा, नेपालको आफ्नै उपग्रह, विदेशवाट फर्किएका युवालाई १० लाख रुपैयाँसम्म सहुलियत ऋण, त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन सरकारले गरेका राम्रा काम हुन्।

त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, लोडसेडिङ मुक्त देश घोषणा, भारतीय दूतावासको क्याम्प बन्द, राजदूत नियुक्तिमा मापदण्ड, १३७१ वडा र १४६० विद्यालयमा निःशुल्क इन्टरनेट, पर्यटन आवागमन २७ प्रतिशतले वृद्धि ओली सरकारका ११ महिनाकाउपलव्धी हन्।

ताजा अपडेट

खोजी गर्नुहोस