टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौं: काठमाडौं प्रहरी प्रमुख कार्की

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २१, बिहिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख २१,काठमाडौँ । नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन् । नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको हो ।

काठमाडौंमा बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी भने अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए ।

कार्यक्रममा सभामुख देवराज घिमिरे पनि सहभागी थिए । राति ९ बजे उनी घिमिरेसँगै भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा भएपनि पक्राउ पर्ने सम्भावना भएपछि उनले स्थलमार्गबाट काठमाडौं आउने तयारी थालेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस