‘रोष्टममा जान नदिए बसेकै ठाउँबाट चिकित्सा शिक्षा विधेयक पारित गरिन्छ’ : नेता भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ९,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले ११ गतेको संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित हुने दावी गरेका छन् ।

पार्टी स्थायी समिति सदस्य तथा सांसद समेत रहेका भट्टराईले रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्रीलाई रोष्टममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेर पारित गरिने बताए ।

‘माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौं, पास हुन्छ,’ नेता भट्टराईले भने, ‘मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाइसक्नुभएको छ ।’

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख भएको बेला स्थानीय निकाय सम्बन्धी विधेयक पास गर्दा एमालेले संसद अवरोध गर्दागर्दै मन्त्रीले बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेको भन्दै नेता भट्टराईले सोही नजिरमा टेकेर अघि बढ्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस