‘स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैन’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय नरहेको बताएका छन् ।

स्वीटजरल्याण्डको डावोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकको ‘सेपिङ द फ्युचर अफ डेमोक्रेसी’ सत्रमा उनले भने ‘नेपाल लोकतान्त्रिक देश हो । जहाँ प्रेसमाथि प्रतिबन्ध लगाउने कुनै गुञ्जायस छैन ।’

प्रेस स्वतन्त्र छ भन्दैमा कसैको पारिवारिक, व्यक्तिगत जीवन वा प्रतिष्ठामा आघात पुर्‍याउने समाचार लेख्न भने नहुने प्रधानमन्त्री ओलीको भनाई थियो । समाचार लेख्ने बेलामा अरुको प्रतिष्ठा, संवेदनशीलताको विषयमा पनि ख्याल गर्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘लोकतन्त्र भनेको प्रेसका लागि मात्रै होइन, सबै नागरिकका लागि हो ।’

राष्ट्र प्रमुख महिला रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण जनता सार्वभौम रहेको बताए ।

प्रधानमन्त्री ओलीले मंगलबार ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सत्रलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । मञ्चको ४९ औं बैठक शुक्रबार सम्पन्न हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस