नेपाल टेलिकमको १५औँ वार्षिकोत्सव : यस्तो छ विभिन्न प्याकेज र छुटको व्यवस्था !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २२, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २२,काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित १५ औँ वार्षिक उत्सव कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी एनटी मोबाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निःशुल्क एक सय एमबी डाटा उपलब्ध गराउनेलगायतका प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी गराएका हुन ।

योजनाअनुसार कम्पनीले माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र सय मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा पनि गरेको छ ।

प्रबन्ध निर्देशक अधिकारीले पोष्टपेडका ग्राहकलाई नौ सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलब ३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने पनि जानकारी उनले जानकारी दिए । त्यसै गरी टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल र सय रुपैयाँको अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।

प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको बताए ।

नेपाल टेलिकमले नेत्रहीन नागरिकहरुलाई पनि सीडीएमए र जिएमएस सेवामा पनि भारी छुटको व्यवस्था गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस