बजेट ल्याउने दिन परिवर्तन गरौँ: विमलेन्द्र निधि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १, बिहिबार (८ घण्टा अघि)
  • ३४ पटक पढिएको
बजेट ल्याउने दिन परिवर्तन गरौँ: विमलेन्द्र निधि

जेठ १,काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद निधिले भने, ‘जेठ १५ गते गणतन्त्र दिवस दिवस हो । अर्कोतर्फ सरकारले सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन हो । संविधानमै उल्लेख भएकाले दिन परिवर्तन गर्न सरकारलाई गाह्रो भएको होला । तर गणतन्त्र दिवस र बजेटको ‘वेटेज’ ज्यादै कम छ । त्यसैले परिवर्तन गर्न माग गर्दछु ।’

निधिले सभामुख देवराज घिमिरेलाई पनि संसद्को कार्यसूची तय गर्ने अधिकार सभामुखलाई हुने भन्दै बजेट ल्याउने दिनलाई परिवर्तन गर्न आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस