सुनको मूल्य तोलामा ३५०० रुपैयाँ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १, बिहिबार (१ महिना अघि)
  • ५४ पटक पढिएको
सुनको मूल्य तोलामा ३५०० रुपैयाँ घट्यो

जेठ १,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस