चिनियाँ नेता सियाओ जी काठमाडौँ ओर्लिए

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ १, बिहिबार (७ घण्टा अघि)
  • ११ पटक पढिएको
चिनियाँ नेता सियाओ जी काठमाडौँ ओर्लिए

|Bipasgraphy Parliament

जेठ १,काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा आएका छन् । उनि काठमाण्डौमा हुने सगरमाथा संवादमा सहभागी हुन १५ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन्।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।

उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग र उपसभामुख इन्दिरा राना मगरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाण्डौमा हुँदैछ । चिनियाँ प्रतिनिधिमण्डल जेठ ३ गते दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस