बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण आयोगले पायो पुर्णता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ १, बिहिबार (१ महिना अघि)
  • ८३ पटक पढिएको
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण आयोगले पायो पुर्णता

जेठ १,काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिश समितिको सिफारिशबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी, डा.टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा रहेका छन् ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला तथा सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस