३३ किलो सुन प्रकरण : संलग्न रहेको आरोपमा युएईबाट खड्का पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २२, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाडौं । ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा युएई प्रहरीले हरिशरण खड्कालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन्।

उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भएपनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए।

दुबईबाट अवैध रुपमा नेपाल सुन पठाउने मध्ये ५ जना नेपाली सक्रिय रहेको र त्यसमध्ये एक जना हरिशरण नै रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ। ब्युरोको अनुसार काभ्रे चलाल गणेशस्थान ६ का हरिशरण खड्का पछिल्ला केही वर्षयता दुबईमा बसेर कारोबार गरिरहेका छन्। ३३ केजी सुन तस्करीका मुख्य मालिकमध्ये हरिशरण पनि एक रहेको ब्युरोको निष्कर्ष छ।

ताजा अपडेट

खोजी गर्नुहोस