माघ २२, काठमाडौं । रेष्टुरेन्ट व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको छ । आन्दोलनरत तीनवटै संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गरी रेष्टुरेन्ट हड्ताल तत्कालका लागि स्थगित गर्ने जानकारी गराएको हो ।
विज्ञप्तीमा भनिएअनुसार, आन्दोलनका कार्यक्रम मंगलबारबाट स्थगित भएका छन् । त्यस्तै, मजदुर संगठनहरुसँग श्रम विभागले एक पक्षिय सम्झौता समेत जनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै, १० प्रतिशत सेवासुविधाको विषयमा भने कानुनी व्याख्या सहित पत्राचार गर्ने र वार्ता पनि गरिने जनाइएको छ ।
रेष्टुराँ व्यवसायीहरूको साझा संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले मंगलबारदेखि लागू हुने गरी १२ वर्षदेखि उपभोक्ताबाट असुल गरिरहेको सेवा शुल्क खारेज गर्ने निर्णय गरेको थियो ।
जसको विरुद्धमा अहिले अहिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर सँघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन् ।