बस दुर्घटनामा १ जनाकाे मृत्यु: प्रदेश सांसदसहित १३ घाइते, सांसदकाे अवस्था गम्भीर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २४, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २२, दाङ । दाङको मुसोटमा बिहीबार बेलुकी भएको बस दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने प्रदेश साम्सद उत्तरकुमा र वलीसहित एक दर्जन बढी घाइते भएका छन् ।

दाङको घोराही–लमही सडक खण्डमा अहिले बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिला मुसिकोट(२ रुकुमकी २६ वर्षीया रमिता शर्मा रहेको दाङ प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिए।

दुर्घटनामा प्रदेश नम्बर पाँचका प्रदेश सांसद उत्तर कुमार वलीसहित अन्य १३ जना घाइते भएका छन् । सांसद उत्तर कुमार वलीको अवस्था नाजुक रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश सांसद वलीलाई काठमाण्डौ लेजाने तयारीसहित नेपालगञ्ज रिफर गरिएको छ ।

दाङको तुलसीपुरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५ २९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको जीप घोराही उपमहानगरपालिका वडा नम्बर ३ अन्र्तगत पर्ने मुसोटको चिसापानी नजिक बेलुकी एक आपसमा ठोक्कएर दुर्घटना भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस