नेकपामा दुई अध्यक्षबीचको जुहारी : पार्टी एकता प्रक्रियालाई प्रभाव पार्ने संकेत !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २६, शनिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ २६,काठमाडौँ । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ । भेनेजुएला प्रकरणमा नेकपालाई दुई अध्यक्ष दाहाल र केपी शर्मा अ‍ोलीबीच दोहोरी चलिरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’को रुपमा अथ्र्याएका थिए ।

त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने बताएका थिए ।

त्यही प्रकरणलाई ईंगित गर्दै प्रचण्डले शुक्रबार मात्रै माओवादी सिध्याईयो भन्ने सोचे त्यो दुर्भाग्य हुने बताएका छन । दुई अध्यक्षको पछिल्लो वक्तव्यबाजीले नेकपा एकिकरण पक्रियामा समेत प्रभाव पार्ने देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस