पाँचथर पावरको आइपीओ खुल्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन १३, काठमाडौंँ । पाँचथर पावर कम्पनी लिमिटेडले आज (सोमबार) देखि साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो।

आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा अवितरित ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि शेयर निष्काशन गरेको हो।

निष्काशन गरिएको साधारण सेयरमध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता छुट्याईएको छ। बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ९ सय ६ सय २० कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपिओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ। कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी २०७३ साल माघ २२ देखि बिद्युत उत्पादन गरि बिक्रि गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस