आईपीएल क्रिकेट: हैदराबाद र गुजरातबीच खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ ३, बिहिबार (११ महिना अघि)
  • १४४ पटक पढिएको
आईपीएल क्रिकेट: हैदराबाद र गुजरातबीच खेल हुँदै

जेठ ३,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ ।

जारी आईपीएलमा हैदराबाद १२ खेलमा १४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उसले यो खेल जितेमा प्लेअफमा छनोट हुनेछ । त्यसैगरी गुजरात भने आईपीएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको छ ।

यसअघि कोलकोतासँगको खेल वर्षाका कारण रद्द भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरात १३ खेलमा ११ अङ्कसहित तालिकामा आठौँ स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस